म्याराथनमा पुरुषतर्फ गण्डकीका अनिशलाई स्वर्ण
पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण दिलाए । भारतीय सेनामा कार्यरत उनी पर्वत जिल्लाका हुन् ।
अनिशले म्याराथनको ४२. १९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बने । यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जिते ।
पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथन पोखराको विभिन्न स्थानहरुको परिक्रमापछि पुनः रङ्गशालामै आएर टुङ्गिएको हो । म्याराथन दौडमा १८ जना सहभागी थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया