जनताका हरेक समस्या समाधानका लागि लाग्छु : पौडेल
दमौली । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता पौडेलले भने, ‘यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।’ उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिए ।
लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए । ‘लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश–१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको बताए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले गठबन्धनले संविधान जोगाएको र अब थिती बसाल्नुपर्ने बताइन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया