नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकाको ज्यान गयो
नाइजेरिया। नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाका मारिएका हुन् ।
नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकाहरुमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरु ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार यहाँको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो ।
यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया