दार्चुलामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते
दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका–६, उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्र्याक्टर आज दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया