डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको भाउ आइतबारकै मूल्य (खरिददर) १३१ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिददर ८४ रूपैयाँ १८ पैसा र बिक्रीदर ८४ रूपैयाँ ५७ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रीदर १४९ रुपैयाँ ८८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९४ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया