अन्ततः एलन मस्क बने ट्विटरका मालिक, अग्रवाललगायत उच्च अधिकारी बर्खास्त
काठमाडौं (एजेन्सी) । विश्वको अग्रणी माइक्रो ब्लगिङ एप ट्विटर विश्वकै धनी एलोन मस्कको स्वामित्वमा आएको छ । मस्कले पदभार ग्रहण गरेलगत्तै सीईओ पराग अग्रवाललगायत धेरै उच्च अधिकारीहरू बर्खास्तमा परेका छन् ।
टेस्लाका सीईओ एलोन मस्क शुक्रबार ट्विटर अधिग्रहणको अन्तिम मिति अघि यसको नयाँ मालिक बने। समाचार रिपोर्टका अनुसार ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पराग अग्रवाल र मुख्य वित्तीय अधिकारी (सिएफओ) नेड सेगललाई मस्क मालिक बनेपछि मात्र बर्खास्त गरिएको थियो। उनलाई ट्विटरको मुख्यालयबाट निकालिएको पनि बताइएको छ । ट्विटरको कानूनी टोलीका प्रमुख विजया गड्डे पनि बर्खास्त गरिएका शीर्ष अधिकारीहरूमा पर्छन्।
पराग अग्रवाल, नेड सेगल, विजया गड्डेलगायतका शीर्ष ट्विटर अधिकारीहरू लामो समयदेखि एलोन मस्कको निशानामा थिए। ट्विटरको अधिग्रहण गर्नुअघि उनी र मस्कबीच वाक् युद्ध चलेको थियो । त्यसैले मस्कले यो सोशल मिडिया साइट प्राप्त गर्नेबित्तिकै उनीहरूलाई पहिलो निशाना बनाएका हुन् ।
यस्तो छ मस्कले परागलगायत ट्विटरका अधिकारी बर्खास्त गर्नुको कारण
मिडिया रिपोर्टका अनुसार, जब ट्विटरसँग एलोन मस्कको सम्झौता पूरा भयो, तब सिइओ पराग अग्रवाल र सेगल ट्विटरको अफिसमा थिए। उनलाई केही समयपछि ट्विटरको मुख्यालयबाट बाहिर निकालियो।
मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर अधिग्रहणको घोषणा गरेका थिए। उनले प्रति शेयर ५४.२ डलरमा ४४ अर्ब डलरको सम्झौता प्रस्ताव गरेका थिए । तर ट्विटरको फेक अकाउन्टका कारण ट्विटर र उनीहरूबीच तनाव भयो र उनीहरूले ९ जुलाईमा सम्झौताबाट पछि हट्ने निर्णय गरे ।
यसपछि ट्विटरले अमेरिकी अदालतमा मस्कविरुद्ध मुद्दा दायर गरेको थियो । यसमा अदालतले अक्टोबर २८ सम्ममा ट्विटरको सम्झौता पूरा गर्न आदेश दिएको छ । बुधवार ट्विटरको अफिस पुगेका मस्कले सबैलाई चकित पारेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया