कालीकोटमा बम विस्फोट, दुई बालबालिकाको मृत्यु, ३ घाइते
काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको तिलागुफा नगरपालिका–१०, रानावाडाको कोदोबारीमा बम विस्फोट भएको हो ।
घटनामा स्थानीय ४ वर्षीया बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।
सोही विस्फोटमा परी तिलागुफा नगरपालिका–१०, रानावाडका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ३ वर्षीया दर्शना राना गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।
बालबालिका खेलिरहेका बेला शनिबार एक्कासि बम विस्फोट भएको थियो । बम नयाँ हो वा पुरानो, खुल्न बाँकी छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया