‘निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’ मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
‘संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,’ उनले भने । आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उनले मतदातालाई आग्रहसमेत गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन् यी सबैको लेखाजोखा गरेर निर्वाचनमा मतदाताले सही विवेक प्रयोग गर्नुपर्ने सुझाव दिए । राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको उनको भनाइ थियो ।
मुलुकको शासन पद्दति सुधार गर्दै युवालाई शिक्षा र रोजगारीको सुनिश्चितताका लागि कांग्रेस सदैव लाग्ने नेता सिंहले बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया