यस्ता छन् लसुनका फाइदा
काठमाडौं । हामी लसुन वर्षौंदेखि खानामा प्रयोग गर्दै आइरहेका छौं । आयुर्वेदमा यसलाई औषधीको रुपमा लिइन्छ । यसमा भिटामिन बी–६, भिटामिन–सी, फाइबर, प्रोटिन र म्यांगनीज जस्ता पोषक तत्वहरू पाइन्छ ।
जसले रगत सफा गर्नुका साथै पाचन प्रक्रिया सुधार गर्दछ । लसुनमा एलिसिन र सेलेनियम प्रचुर मात्रामा पाइन्छ । एलिसिनले मृगौलाको समस्या, रक्तचाप र तनाव कम गर्न मद्दत गर्छ। त्यसैले मृगौला रोगीहरका लागि पनि लसुनको सेवन फाइदाजनक छ ।
त्यस्तै लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलेस्ट्रोल र एलडीएल स्तरलाई १० देखि १५ प्रतिशतसम्म कम गर्छ । खानामा अरूची छ भने पनि यसकाे सेवनले खाना रूचाउँछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया