ट्रायल सेन्टरमा अख्तियारको निगरानी
काठमाडौं । कमिशनको अखडा बन्दै गएको सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टरमा अख्तियारले निगरानी बढाएको छ ।
ट्रायल सेन्टरमा प्रवेश गर्नुअघि कमिशन सुनिश्चित नभए अनावश्यक कारण देखाएर ट्रायल फेल गराउने र कमिशनका लागि बाध्य पार्ने गरेको गुनासो परेको थियो ।
यातायात कार्यालयमा हुने भ्रष्टाचार न्यूनिकरणका लागि आयोगले ट्रायल सेन्टर र केही यातायात कार्यालयमा विशेष टोली परिचालन गरेको हो ।
२०७९ साउन २४, २५ र २९ गते अख्तियारले नेपाल सरकारका सचिव र विभागिय प्रमुखहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा समेत अख्तियारले यी क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिबारे सचेत गराएको थियो ।
ती कार्यालयहरुमा सुशासन कायम राख्न कार्यालय प्रमुखले ध्यान दिनुपर्ने भन्दै सचेत गराएको थियो । राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोगमा अख्तियारले यातायात कार्यालय र ट्रायल सेन्टरमाथिको निगरानी बढाएको अख्तियार स्रोतले जनाएको छ ।
यस्तै अख्तियारले भौतिक पूर्वाधार मन्त्रालयलाई परिपत्र गर्दै ट्रायल सेन्टरको मापदण्ड विभिन्न प्रदेशमा फरकफरक रहेकाले एकरुपता कायम गर्न समेत भनेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया