NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

सन्यास लिँदै डिफेन्डर पिके

काठमाडौं । स्पेनिस खेलाडी जेरार्ड पिकेका समर्थकले अब उनको आकर्षक रक्षात्मक खेल हेर्न नपाउने भएका छन् । उनले आफ्नो सनसनीखेज खेल करिअरबाट शनिबार सन्यास लिँदैछन् ।

पिके बार्सिलोनाका सदाबहार र उत्कृष्ट सेन्टर डिफेन्डर हुन् । पिकेले शनिबारको खेल आफ्नो अन्तिम हुने बताएका छन् ।  ‘अब खेलाडीका रूपमा बार्सिलोनामा रहनेछैन,’ पिकेले भिडियोमार्फत भनेका छन्, ‘अबको योजना कमान्ड सम्हाल्ने हो ।’ उनले ढिलो वा चाँडो रूपमा बार्सिलोना फर्कने इंगितसमेत गरेका छन् । ‘म बार्सिलोनामा फर्कनेछु, तर खेलाडीका रूपमा होइन,’ उनले भने, ‘म केही फरक भूमिकामा आउनेछु ।’

उनले क्लबस्तरीय फुटबल करिअरको सुरुवात इंग्लिस क्लब म्यानेचस्टर युनाइटेडबाट गरेका थिए । सन् २००४ देखि २००८ सम्म युनाइटेडमा युनाइटेडमा रहे । यसक्रममा उनले १२ खेलमा प्रतिस्पर्धा गरे ।

स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दा डिफेन्डर रहेका पिकेले सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि हात पारे । सन् २०१८ मा पिकेले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले स्पेनबाट एक सय दुई खेलमा सहभागिता जनाउँदै पाँच गोल गरेका छन् ।