सन्यास लिँदै डिफेन्डर पिके
काठमाडौं । स्पेनिस खेलाडी जेरार्ड पिकेका समर्थकले अब उनको आकर्षक रक्षात्मक खेल हेर्न नपाउने भएका छन् । उनले आफ्नो सनसनीखेज खेल करिअरबाट शनिबार सन्यास लिँदैछन् ।
पिके बार्सिलोनाका सदाबहार र उत्कृष्ट सेन्टर डिफेन्डर हुन् । पिकेले शनिबारको खेल आफ्नो अन्तिम हुने बताएका छन् । ‘अब खेलाडीका रूपमा बार्सिलोनामा रहनेछैन,’ पिकेले भिडियोमार्फत भनेका छन्, ‘अबको योजना कमान्ड सम्हाल्ने हो ।’ उनले ढिलो वा चाँडो रूपमा बार्सिलोना फर्कने इंगितसमेत गरेका छन् । ‘म बार्सिलोनामा फर्कनेछु, तर खेलाडीका रूपमा होइन,’ उनले भने, ‘म केही फरक भूमिकामा आउनेछु ।’
उनले क्लबस्तरीय फुटबल करिअरको सुरुवात इंग्लिस क्लब म्यानेचस्टर युनाइटेडबाट गरेका थिए । सन् २००४ देखि २००८ सम्म युनाइटेडमा युनाइटेडमा रहे । यसक्रममा उनले १२ खेलमा प्रतिस्पर्धा गरे ।
स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दा डिफेन्डर रहेका पिकेले सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि हात पारे । सन् २०१८ मा पिकेले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले स्पेनबाट एक सय दुई खेलमा सहभागिता जनाउँदै पाँच गोल गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया