बलात्कार आरोपमा श्रीलंकाली क्रिकेटर पक्राउ
काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई अष्ट्रेलियाको सिड्नीबाट पक्राउ गरिएको हो ।
क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमार्फत गुणातिलके बलात्कार आरोपमा सिड्नीबाट पक्राउ परेको पुष्टि गरेका छन् ।
यसबारे एक विज्ञप्ति जारी गर्दै सिड्नी प्रहरीले एक महिलासँग कथित यौन दुराचारको आरोपमा श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ।
विज्ञप्तिमा कसैको नाम नखुलेको र चारवटा बलात्कार मुद्दामा पक्राउ परेको बताइएको छ ।
प्रहरीका अनुसार यी महिला विगत केही दिनदेखि अनलाइन डेटिङ एपमार्फत आरोपीसँग कुरा गरिरहेकी थिइन् । त्यसपछि दुवैको भेट भएको थियो । उक्त घटना आफूमाथि भएको महिलाले आरोप लगाएकी छन् ।
गुणातिलके तीन साताअघि घाइते भएका थिए । त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए । तर टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अष्ट्रेलियामै राखेको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया