NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

असन्तुष्टलाई सम्झाउन प्रधानमन्त्रीको धनगढीमै अड्डा

काठमाडौं । तीन दिनदेखि धनगढीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरिरहेका छन् । धनगढीस्थित निजीनिवासमा बसिरहेका प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्ताबाट यहाँका विभिन्न निर्वाचन क्षेत्रको अवस्थाबारे जानकारी लिने, चुनाव सशक्त रूपमा परिचालन हुन निर्देशन दिने र कतिपय असन्तुष्टलाई मनाउने कोसिस गरिरहेका छन् ।

गृहजिल्ला डडेल्धुरामा चुनावी सभामा सहभागी भएर उनी गत आइतबार धनगढी आइपुगेका थिए । यही आउलगत्तै उनले भेटघाट तीव्र पारेका हुन् ।

‘निर्वाचनमा बढी प्रभाव पार्न सक्ने तर चुनावी प्रचारमा नदेखिएका पार्टीका नेता, समर्थकलाई निवासमै बोलाएर निर्वाचनमा खटिनका लागि मनाइरहनुभएको छ,’ कांग्रेसका एक नेताले भने, ‘सबैजसो भेट निर्वाचनकेन्द्रित छन् ।’

यहाँबाट कैलाली मात्र नभएर सुदूरपश्चिमका सबै जिल्लाको निर्वाचनलाई प्रधानमन्त्रीले चासो दिइरहेको कांग्रेस नेताहरूले बताएका छन् । अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिनुका साथै निर्वाचनमा सशक्त रुपमा खटिन निर्देशन दिइरहेको कांग्रेस कैलालीका नृप सुनारले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।