सहकारीको ऋण तिर्नुभएको छैन ? कालोसूचीमा परिएला है ?
राहदानी जफतदेखि बनाउनबाट वञ्चित गर्ने सम्मका अभियान चलाइँदै

काठमाडौं । सहकारीबाट ऋण लिएर त्यसलाई चुक्ता नगर्ने ऋणीलाई कालोसूचीमा रादिने भएको छ । समस्याग्रस्त घोषणा गरिएका ११ सहकारीका ऋण भुक्तानी नगर्ने ऋणीलाई कालोसूचीमा राख्न लागिएको हो । यस्ता ऋणीलाई कालोसूचीमा राखेर राहदानी जफत गर्नेदेखि बनाउन नदिनेसम्मका अभियान सञ्चालन गर्न लागिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना जारी गर्दै समयमै ऋण नतिरे कालोसूचीमा राख्ने जनाएको छ ।
यसअघि समितिले यस्ता सहकारीका ऋणीलाई ऋण तिर्न पटक–पटक ताकेता गरेको थियो । तर कैयनले अटेरी गरेका छन् ।
समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकार िसंस्था, चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, लु : निभा बहुउद्देश्यीय सहकारीलाई संकटग्रस्त घोषणा गरेको छ ।
त्यस्तै, प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारीको अवस्था पनि नाजुक बनेको छ ।
समितिका अनुसार यी सहकारीबाट ऋण जारी भएकोमध्ये १ हजार २ ऋणीले दायित्व पूरा गरेका छैनन् । उनीहरूबाट दुई अर्ब ऋण उठ्न बाँकी छ ।
समितिले अन्तिम मौका दिँदा पनि ऋण नतिर्ने यी सहकारीका ऋणीलाई कालोसूचमिा राखेर राहदानी जफत गर्ने, नबनाएको भए बनाउन नदिने तयारी गरेको छ ।
प्रतिक्रिया