यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ (खरिददर) १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
त्यस्तै आज अस्ट्रेलियन डलर खरिददर ८४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ११ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५० रुपैयाँ ६ पैसा र बिक्रीदर १५० रुपैयाँ ७५ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९४ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
प्रतिक्रिया