मन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवारको निधन
काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा तथा भू–संरक्षण मन्त्री एवं प्रदेशसभाका कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । डेंगुबाट पीडित थापाको बुधबार बिहान विराटनगरको नोबल अस्पतालमा निधन भएको हो ।
थापा मोरङ ३ (१)मा कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार थिए । २३ असोजमा उम्मेदवारी मनोनयनदेखि नै स्वास्थ्यमा समस्या आएपछि उनको उपचार भइरहेको थियो ।
उनी मोरङको पथरी शनिञ्चरे ८ का हुन् । उनको निधन भएपछि अब नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया सुरु हुनेछ ।
यसैबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले थापाको निधनमा शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी देउवाले शोक व्यक्त गरेका हुन् ।
थापाले ८ वर्ष गिरिजाप्रसाद कोइरालाको निजी सचिव भएर काम गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया