ट्वीटर सम्झौता असर : एलोन मस्कको सम्पत्ति ७ महिनामा ७० अर्ब डलरले घट्यो
काठमाडाैं । टेस्लाको सेयर ५२ हप्ताको तल्लो स्तरमा पुगेको छ । ट्वीटरमा सम्झौता भएदेखि नै उनीहरूमा गिरावटको चरण चलिरहेको छ । पछिल्लो दुइ दिनमा एलोन मस्कको सम्पति करिब १० अर्ब डलरले घटेको छ ।
टेक संसारको सबैभन्दा तेस्रो ठूलो ट्वीटर सम्झौता विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कका लागि लाभदायक हुन सकिरहेको छैन । उनको दिनप्रतिदिन घट्दै गइरहेको सम्पतिले सो संकेत दिइरहेको छ । हाल मस्कको कुल सम्पति २ सय अर्ब डलरभन्दा कममा झरेको छ । सात महिनामा टेस्लाका सिइओको सम्पतिमा ७० अर्ब डलरको ठूलो गिरावट आएको छ ।
ट्वीटरको जिम्वेवारी समालेपछि मस्कले कम्पनीलाई जुन नयाँ गतिमा परिवर्तन गरिरहेका छन्, त्यसका साथसाथै उनको सम्पतिमा पनि तीव्र रूपमा गिरावट आइरहेको छ ।
विश्वकै धनी व्यक्तिको सम्पति तल्लो स्तरमा झरेको अवस्था छ । उनले आफ्नो पूरै ध्यान ट्वीटरमा लगाएको कारण उनको टेस्ला कम्पनीको हालत निकै खराब हुँदै गएको छ । कम्पनीको सेयर ओरालो लागेको छ ।
टेस्लाको सेयरमा आएको गिरावटको प्रतक्ष असर उनको सम्पतिमा पुगेको छ । फोर्बसको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार यो १९४.४ विलियन डलरमा झरेको छ । –एजेन्सी
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया