विश्वकपको प्रत्यक्ष प्रसारणमा अन्योल
काठमाडौं । २२ औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ । सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि सुरु हुन गइरहेको विश्वकपको प्रत्यक्ष प्रसारण अन्योलमा परेको हो ।
मिडिया हबले फिफासँग नेपालका लागि प्रत्यक्ष प्रसारण अधिकार खरिद गरेको थियो । यस्तो अधिकार पाएसँगै उसले विश्वकपका ६४ खेल हेरेबापत दर्शकबाट ५०० रूपैयाँ उठाउने तयारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको थियो । यसबारे परेको रिटमा सर्वोच्चले यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ ।
सर्वोच्चले कात्तिक ३० गते उपस्थित हुन मिडिया हबलाई भनेको छ । विश्वकप सुरु हुनुभन्दा चार दिनअगाडि बोलाइएकाले नेपालमा यसको प्रसारण अन्योलमा परेको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया