विश्वकपको प्रत्यक्ष प्रसारणमा अन्योल
काठमाडौं । २२ औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ । सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि सुरु हुन गइरहेको विश्वकपको प्रत्यक्ष प्रसारण अन्योलमा परेको हो ।
मिडिया हबले फिफासँग नेपालका लागि प्रत्यक्ष प्रसारण अधिकार खरिद गरेको थियो । यस्तो अधिकार पाएसँगै उसले विश्वकपका ६४ खेल हेरेबापत दर्शकबाट ५०० रूपैयाँ उठाउने तयारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको थियो । यसबारे परेको रिटमा सर्वोच्चले यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ ।
सर्वोच्चले कात्तिक ३० गते उपस्थित हुन मिडिया हबलाई भनेको छ । विश्वकप सुरु हुनुभन्दा चार दिनअगाडि बोलाइएकाले नेपालमा यसको प्रसारण अन्योलमा परेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया