घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बिहीबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ (खरिददर) १३० रुपैयाँ बिक्रीदर १३० रुपैयाँ ६० पैसा कायम भएको छ ।
बुधबार डलरको भाउ (खरिददर) १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम भएको थियो । त्यस्तै आज अस्ट्रेलियन डलर खरिददर ८४ रूपैयाँ २३ पैसा र बिक्रीदर ८४ रूपैयाँ ६२ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ३६ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९२ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया