८ पूर्वभारतीय सैनिक रहस्यमय ढंगले ७० दिनदेखि कतारको हिरासतमा
काठमाडौं (एजेन्सी) । कतार सरकारले रहस्मय ढंगले भारतीय नौसेनाका पूर्व आठ सैनिकलाई रहस्मय ढंगले हिरासतमा राखेको पाइएको छ । कतारको एक कम्पनीमा कार्यरत ती सैनिकलाई ७० दिनअघि नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।
विदेशी नागरिकलाई हिरासतमा लिइएपछि सम्बन्धित सरकारलाई जानकारी गराउनुपर्ने भए पनि कतार सरकारले यसको कारण र तिनको अवस्थाबारे अहिलेसम्म भारत सरकारलाई भने केही बताएको छैन ।
आफ्ना नागरिक नियन्त्रणमा लिएको विषयमा भारतीय दूतावासले स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कको प्रयास गरिरहेको बताइएको छ । तथापि, कतारले न भूतपूर्व सैनिकलाई हिरासतमा लिएको सार्वजनिक गरेको छ न त औपचारिक जानकारी नै गराएको छ ।
पीटीआईका अनुसार, कतार सरकारले यसबारे जानकारी नगराए पनि भारतीय अधिकारीहरूले दुई पटक हिरासतमा रहेका आफ्ना देशका नागरिकलाई भेटेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया