NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

८ पूर्वभारतीय सैनिक रहस्यमय ढंगले ७० दिनदेखि कतारको हिरासतमा

काठमाडौं (एजेन्सी) । कतार सरकारले रहस्मय ढंगले भारतीय नौसेनाका पूर्व आठ सैनिकलाई रहस्मय ढंगले हिरासतमा राखेको पाइएको छ । कतारको एक कम्पनीमा कार्यरत ती सैनिकलाई ७० दिनअघि नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।

विदेशी नागरिकलाई हिरासतमा लिइएपछि सम्बन्धित सरकारलाई जानकारी गराउनुपर्ने भए पनि कतार सरकारले यसको कारण र तिनको अवस्थाबारे अहिलेसम्म भारत सरकारलाई भने केही बताएको छैन ।

आफ्ना नागरिक नियन्त्रणमा लिएको विषयमा भारतीय दूतावासले स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कको प्रयास गरिरहेको बताइएको छ । तथापि, कतारले न भूतपूर्व सैनिकलाई हिरासतमा लिएको सार्वजनिक गरेको छ न त औपचारिक जानकारी नै गराएको छ ।

पीटीआईका अनुसार, कतार सरकारले यसबारे जानकारी नगराए पनि भारतीय अधिकारीहरूले दुई पटक हिरासतमा रहेका आफ्ना देशका नागरिकलाई भेटेका छन् ।