नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा गत वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।
उक्त प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्वीरहरु आगामी मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेब साइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार राखिएको छ ।
त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरुप १० हजारका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज एक सूचना जारी गरी जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया