NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

डेंगु संक्रमितको संख्या ५१ हजार नाघ्यो, ५७ को मृत्यु

काठमाडाैं । देशभर डेंगुबाट संक्रमितको संख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेंगु संक्रमित थपिएसँगै बुधबारसम्म संक्रमितको संख्या ११ हजार एक सय ७७ पुगेको हो ।

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै डेंगुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो  ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेंगुका संक्रमित छन् । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना संक्रमित भइसकेका छन् ।

यस्तै डेंगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् ।

ताजा अपडेट

नेपालवाच विशेष