NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सामान्य बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । बिहीबार घटेको डलरको भाउ शुक्रबार सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३० रूपैयाँ ६० पैसा र बिक्रीदर १३१ रूपैयाँ २० पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३० रुपैयाँ बिक्रीदर १३० रुपैयाँ ६० पैसा कायम भएको छ ।

त्यस्तै आज युरोपियन डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसा रहेको छ । अस्ट्रेलियन डलर खरिददर ८३ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८३ रूपैयाँ ९२ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३६ पैसा कायम छ ।

सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ४७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९२ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।