निर्वाचन सुरक्षार्थ सेना परिचालन
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गरिएको छ ।
चुनावी सुरक्षाका लागि नेपाल सरकारले सेना परिचालन गर्न सिफारिस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो । जसलाई नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी छन् ।
राष्ट्रपतिले स्वीकृत प्रदान गरेसँगै तोकिएको स्थानमा पुगेर सुरक्षा तयारी थालेको नेपाली सेनाले जनाएको छ । सेनाले एकीकृत सुरक्षा योजनाअन्तर्गत केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।
पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जनाइएको छ । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।
त्यसैगरी, सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया