NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अमेरिकी डलरभन्दा युरो महंगो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । आइतबार अमेरिकी डलरको भन्दा युरोपियन डलर महंगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको भाउ (खरिददर) १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा कायम भएको छ ।

आज युरोपियन डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा बिक्रीदर १३३ रूपैयाँ १४ पैसा रहेको छ । अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४३ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा कायम छ ।

सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९४ रुपैयाँ ४ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २३ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ २७ पैसा कायम भएको छ ।