चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु : नेता सिंह
काठमााडैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनको भनाइ छ । नेता सिंहले भने, ‘भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ ।’
थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता नेता सिंहले जनाए । समस्या समाधान गर्दा जबरजस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर काम गर्ने उनको प्रतिबद्धता छ ।
सरकार र सुकुम्बासीलाई पनि हुने गरी जीत, जीतको मान्यता अनुसार समस्या समाधान गर्नेमा नेता सिंहको जोड थियो । मतदाताले सरकारी कार्यालयको कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने जानकारी गराए ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया