पाकिस्तानी फुटबल टिम काठमाडौंमा
काठमाडौं । पाकिस्तानी राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ । नेपालसँगको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धाका लागि पाकिस्तानी टोली आइतबार राति नेपाल आएको हो ।
हसन बसिरको कप्तानीमा रहेको पाकिस्तानी टोली प्रतिस्पर्धाका लागि नेपाल आइपुगेको एन्फाले जनाएको छ ।
नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते साँझ ५ः३० बजे दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुने तय छ ।
नेपाल रोहित चन्दको कप्तानीमा पाकिस्तानसँग प्रतिस्पर्धामा उत्रनेछ । गोलकिपर किरण चेम्जोङ यो खेलमा देखिनेछैनन् ।
खेल हेर्न एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया