NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबार स्थिर अमेरिकी डलर सोमबार पनि स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको भाउ आइतबारकै मूल्य  (खरिददर) १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा कायम भएको छ ।

आज युरोपियन डलरको भाउ बढेको छ । आज युरोपियन डलर एकको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा छ । आइतबार  युरोपियन डलरको भाउ खरिददर १३२ रूपैयाँ ५३ पैसा बिक्रीदर १३३ रूपैयाँ १४ पैसा रहेको  थियो।

आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८६ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा कायम छ ।

सिंगापुर डलर एकको खरिददर ९४ रुपैयाँ ०३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९४ रुपैयाँ ४६ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २९ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ३४ पैसा कायम भएको छ ।