सूर्या र ज्योति लाइफको साधारणसभा आज, मर्जर प्रस्ताव पारित गर्दै
काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज छुट्ट-छुट्टै साधारणसभा गर्दैछन् । सूर्या लाइफले होटल हैरिसन प्यालेसमा विराटनगरमा र ज्योति लाइफले वाटरप्रुफ लेकसाइड,पोखरामा गर्दैछन् ।
साधारणसभावमा यी दुबै कम्पनीबीच मर्जरसम्बन्धी प्रस्ताव पारित हुने छ । सूर्या र ज्योति एक बराबर ०.८२.४५ को अनुपातमा गाभ्ने गाभिने भएको हो ।
सूर्या लाइफ र ज्योति लाइफ मर्जरमा जानेसम्बन्धी यसअघि नै सहमति भइसकेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।
मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया