NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

श्रम स्वीकृति अब विदेशबाट पनि

काठमाडौं । श्रम स्वीकृति नगरेका कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो ।

विदेशमा मृत्यु, अंगभंग र बिरामी हुने श्रमिकका कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेको नेपाली श्रमिकलाई गन्तव्य मुलुकबाट श्रम स्वीकृति नवीकरण गर्न सूचना जारी गरेको हो ।

श्रम स्वीकृति नवीकरण नगरेका श्रमिकको मृत्यु भएमा वा अंगभंग र बिरामी हुँदा उपचारलगायत सामाजिक सुरक्षा सेवाबाट वञ्चित भएपछि श्रम स्वीकृति नवीकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालले विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकले आफूले लिएको श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै अनलाइनमार्फत आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी श्रमिक र उनीहरूका परिवारले पाउने कल्याणकारी सेवासुविधा उपभोग गर्न अनुरोध गरिएको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।