आफ्नो बुथ सुरक्षा गर्न सागर ढकालले मागे सहयोग

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उत्रिएका सागर ढकालले आफ्नो बुथ सुरक्षाका लागि आह्वान गरेका छन् ।
गुल्मीबाट डडेल्धुरा उक्लिएर देउवालाई चुनौती दिइरहेका ढकालले यसअघि अनलाइनमार्फत बुथ एजेन्ट मागेका थिए । यसमार्फत कति आवेदन परे भन्नेबारे केही उल्लेख नगरेका ढकालले सामाजिक सञ्जालमार्फ पुनः बुथ सुरक्षाका लागि डडेल्धुरा आएर सहयोग गरिदिन आग्रह गरेका छन् ।
पटक–पटक बुथ सुरक्षा गर्न सहयोग मागेकाले उनी सत्ताको दुरूपयोग हुने हो कि भन्नेमा सशंकित देखिन्छन् । महेन्द्रनगर र धनगढीबाट आफूले बढी सहयोगको अपेक्षा गरेको उनले उल्लेख गरेका छन् ।
उनले बुथ सुरक्षामा देशभरबाट आउन इच्छुकलाई सम्पर्क गर्न मोबाइल फोन नम्बर पनि उपलब्ध गराएका छन् ।
प्रधानमन्त्री देउवालाई एक टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर चर्चामा आएका ढकाल उनैविरुद्ध सुई चिह्न लिएर डडेल्धुरामा प्रतिस्पर्धा गरिरहेका छन् ।
डडेल्धुरा घुम्न आउने र बुथ सुरक्षा गर्न आउन चाहनेको लागि तलका फोनमा सम्पर्क गर्नुहोला : 9867855529 ; +977 981-0312005 ; 9863550061 ; 9841870425 ; 9846483900 ; 9869565362 ; +977 984-2462441 ; +977 986-7244637 ; +977 981-8069363 ; +977 986-8738288 ; +++
— Sagar Dhakal (@watersagar) November 15, 2022
प्रतिक्रिया