NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अमेरिकी अखबारको दाबी–अमेजनले १० हजार कर्मचारी कटौती गर्दैछ

काठमाडौं । एक अमेरिकी अखबारले अमेजनले १० हजार कर्मचारी हटाउन लागेको दाबी गरेको छ । यदि यो अखबारको दाबी सत्य सावित भएमा अमेजनको इतिहासमा सबैभन्दा धेरै कर्मचारी कटौती हुनेछन् ।

ट्विटर, मेटा र माइक्रोसफ्टले ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेका बेला ई–कमर्स कम्पनी अमेजनको नाम पनि जोडिएको हो ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख गरिएअनुसार, अमेजनले यसै साताबाटै कर्मचारी बर्खास्त गर्ने प्रक्रिया सुरु गर्नेछ । भ्वाइस असिस्टेन्ट एलेक्सा र मानव संसाधन विभागबाट सबैभन्दा धेरै कर्मचारी बिदा गरिने बताइएको छ ।

कम्पनीसँग सम्बद्ध एक व्यक्तिले कटौती हुने कामदारको संख्यामा परिवर्तन हुन सक्ने बताएका छन् । हरेक विजनेस युटिनले कर्मचारीबारे अध्ययन गरिरहेकाले चित्र स्पष्ट हुन केही समय कुनुपर्ने उनको भनाइ छ ।