अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबार र सोमबार स्थिर अमेरिकी डलरको भाउ मंगलबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको भाउ (खरिददर) १२९ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३० रूपैयाँ ३३ पैसा कायम भएको छ ।
मंगलबार युरोपियन डलरको भाउ भने घटेको छ । युरोपियन डलर एकको खरिदर १३३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३५ पैसा तोकिएको छ ।
सोमबार युरोपियन डलर एककोको भाउ खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा कायम भएको थियो । आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९४ रुपैयाँ ७६ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २४ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ २८ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया