कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति

झापा । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।
राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
ताजा अपडेट
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
प्रतिक्रिया