मतदान केन्द्रमा लैजान पाइने छैन यी सामग्री
काठमाडौं । निर्वाचनका दिन मतदान केन्द्रमा मोबाइल, क्यामेरालगायत सामग्री लैजान निर्वाचन आयोगले निषेध गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित बनाउन आयोगले यस्ता सामग्री मतदान केन्द्रमा लैजान निषेध गरेको हो ।
निर्वाचन आयोगले मंगलबार निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई चारबुँदे निर्देशन दिएको छ । जसमा मतदान केन्द्रमा मोबाइल, क्यामेरालगायत निषेधित सामग्री लैजान नदिन भनिएको छ ।
त्यस्तै सलाई, लाइटर पनि मतदान केन्द्रमा लैजान पाइने छैन ।
आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदानमा सहभागी हुने मतदातालाई मतदान केन्द्रमा जाँदा क्यामेरा, मोबाइल, सलाई, लाइटरलगायतका वस्तु लैजान रोक लगाइएको जनाएको छ ।
निषेधित वस्तु मतदाताले बोकेर गएको अवस्थामा त्यस्ता वस्तुलाई बाहिरै राख्ने व्यवस्था मिलाइनेछ ।
आयोगले निषेधित वस्तु नलैजान आग्रह गर्दै कसैले झुक्याएर त्यस्ता वस्तु लगेमा जफत गरिने जनाएको छ । उसले निर्वाचन आचारसंहिता र निर्वाचन निर्देशिकाविपरीतका कार्य गर्नेमाथि कारबाही गर्न निर्देशन पनि दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया