दोस्रो खेलमा नेपाललाई लगातार दुई सफलता
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले युएईविरुद्ध लगातार २ सफलता हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले १२ ओभरमा ७२ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।
११.५ ओभरमा ३९ बलमा २५ रन बनाएर खेलिरहेका भ्रित्या अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले सोमपाल कामीबाट क्याचआउट गराएका हुन् ।
१४.६ ओभरमा ४६ बलमा ५० रन बनाएर खेलिरहेका मोहम्मद वसिमलाई ललित राजवंशीले आउट गरे । युएइले १६ ओभरमा ८४ रन कटाएको छ ।
यस अघि पहिलो खेलमा युएईले नेपालविरुद्ध ८४ रनको फराकिलो जित दर्ता गरेको थियो ।
तीनमध्ये आज दोस्रो एकदिवसीय खेल कीर्तिपुरस्थित मैदानमा भइरहेको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया