NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ज्वानोको फाइदा

काठमाडौं । ज्वानोको प्रयोग हरेक घरमा हुन्छ । साधारणतया मानिसहरू खाना पकाउँदा ज्वानोलाईको प्रयोग गर्छन् । तर यसको प्रयोगले धेरै रोगहरू पनि निको हुन्छ ।

यो एक आयुर्वेदिक गुण भएको घरेलु औषधी हो । यसले एसिडिटी, पेट दुख्ने, छाती पोल्ने जस्ता समस्याहरु निको पार्छ । यदि कसैलाई पेटसम्बन्धी रोगले सताएको छ भने पनि उसलाई यसको सेवन प्रभावकारी हुन्छ ।

व्यक्तिको पाचन प्रणाली ठीक छैन भने यसको सेवनले पाचन प्रणाली ठिक गर्छ । त्यस्तै, पाचन शक्ति बढाउन, रुघाखोर्की तथा ज्वरोमा कम गर्न, मधुमेह नियन्त्रणका लागि यसको सेवन फाइदाजनक छ । यसले मृगौलामा हुने पत्थरी तथा तौल घटाउनसमेत मद्त गर्छ ।