गठबन्धनका उम्मेदवार श्रेष्ठलाई असहयोग गरेपछि कांग्रेस जिल्ला उपसभापति नै निलम्वनमा
काठमाडौं । प्रतिनिधिसभातर्फ बारा ४ मा गठबन्धनबाट उम्मेदवार बनेका किसान श्रेष्ठको विरुद्धमा प्रचारप्रसार गरेको भन्दै कांग्रेसले जिल्ला स्तरका नेतालाई निलम्वन गरेको छ ।
कांग्रेसको अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ उम्मेदवार रहेको क्षेत्रमा उनको विरुद्धमा प्रचारप्रसार गरेको उजुरीपछि जिल्ला उपसभापतिसहितका तीन जनालाई पार्टी सदस्य पनि नरहेन गरी निलम्वन गरेको हो ।
यसरी निलम्बनमा पर्नेमा बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर (पाल), जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी रहेका छन् ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया