काठमाडौंमा यी ठाउँबाट हुँदैछ एकसाथ मत गणना
काठमाडौं । संघीय राजधानीसमेत रहेको काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको मत गणना फरक–फरक स्थानबाट हुनेभएको छ । प्रतिनिधिसभामा १० र प्रदेशसभामा २० निर्वाचन क्षेत्र रहेको काठमाडौंको प्रतिनिधिसभाका सबै क्षेत्रको मतगणना एकसाथ हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
उनका अनुसार केहीबेरमा सर्वपक्षीय बैठक बसेर मत गणनाको समय निर्धारण हुनेछ । सबैको सहमतिमा निर्वाचन कार्यलयले बेलुका ९ बजेबाट मत गणना शुरू गर्ने तयारी गरेको उनले बताए । उनले प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना सँगसँगै हुने भएपनि समानुपातिकतर्फको मतगणनाबारे निर्णय नभइसकेको बताए । प्रारम्भिक नतिजा अनुसार काठमाडौंमा ५५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । अहिले मत पेटीका संकलन गरी कडा सुरक्षा घेराबीच केन्द्रतर्फ लाने तयारी भइरहेकोे छ ।
कुन निर्वाचन क्षेत्रको कहाँबाट हुँदैछ मत गणना ?
खतिवडाका अनुसार काठमाडौं–१ को मतगणना प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । यसैगरी काठमाडौं–२ को कागेश्वरी मनोहरा थलीस्थित राधाकृष्ण मन्दिर, ३ नम्बर क्षेत्रको गोकर्णेश्वरको जोरपाटीमा रहेको चामुण्डा स्कुलमा हुनेछ ।
यसैगरी काठमाडौं–४ को बुढानिलकण्ठको चपलीस्थित जेष्ठ नागरिक भवन, ५ नम्बर क्षेत्रको टोखास्थित श्रीसमाज भवनमा मतगणना हुनेछ । काठमाडौं–६ को तारकेश्वर स्थित धर्मस्थली, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा हुनेछ ।
त्यस्तै काठमाडौं–८ को स्वयम्भुस्थित गीतामाता स्कुल, क्षेत्र नम्बर ९ को रवि भवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र काठमाडौं–१० को किर्तिपुरको त्रिविस्थित स्मृती भवनमा मत गणना हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया