काठमाडौंमा यी ठाउँबाट हुँदैछ एकसाथ मत गणना
काठमाडौं । संघीय राजधानीसमेत रहेको काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको मत गणना फरक–फरक स्थानबाट हुनेभएको छ । प्रतिनिधिसभामा १० र प्रदेशसभामा २० निर्वाचन क्षेत्र रहेको काठमाडौंको प्रतिनिधिसभाका सबै क्षेत्रको मतगणना एकसाथ हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
उनका अनुसार केहीबेरमा सर्वपक्षीय बैठक बसेर मत गणनाको समय निर्धारण हुनेछ । सबैको सहमतिमा निर्वाचन कार्यलयले बेलुका ९ बजेबाट मत गणना शुरू गर्ने तयारी गरेको उनले बताए । उनले प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना सँगसँगै हुने भएपनि समानुपातिकतर्फको मतगणनाबारे निर्णय नभइसकेको बताए । प्रारम्भिक नतिजा अनुसार काठमाडौंमा ५५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । अहिले मत पेटीका संकलन गरी कडा सुरक्षा घेराबीच केन्द्रतर्फ लाने तयारी भइरहेकोे छ ।
कुन निर्वाचन क्षेत्रको कहाँबाट हुँदैछ मत गणना ?
खतिवडाका अनुसार काठमाडौं–१ को मतगणना प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । यसैगरी काठमाडौं–२ को कागेश्वरी मनोहरा थलीस्थित राधाकृष्ण मन्दिर, ३ नम्बर क्षेत्रको गोकर्णेश्वरको जोरपाटीमा रहेको चामुण्डा स्कुलमा हुनेछ ।
यसैगरी काठमाडौं–४ को बुढानिलकण्ठको चपलीस्थित जेष्ठ नागरिक भवन, ५ नम्बर क्षेत्रको टोखास्थित श्रीसमाज भवनमा मतगणना हुनेछ । काठमाडौं–६ को तारकेश्वर स्थित धर्मस्थली, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा हुनेछ ।
त्यस्तै काठमाडौं–८ को स्वयम्भुस्थित गीतामाता स्कुल, क्षेत्र नम्बर ९ को रवि भवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र काठमाडौं–१० को किर्तिपुरको त्रिविस्थित स्मृती भवनमा मत गणना हुनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया