NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बुथको बाकस राखिएको गाडीमा बस्न नपाएपछि देउवाका प्रतिस्पर्धी ढकालको आक्रोश

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा उम्मेदवार सागर ढकालले बुथको बाकस राखिएको गाडीमा आफूलाई जान नदिएकोमा आक्रोश व्यक्त गरेका छन् ।

मतदान सकिएसँगै सबै ठाउँबाट बुथको बाकस उठाउने काम भइरहेको छ । सो जिम्मा सबै प्रशासनलाई मात्रै दिएकोमा उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुनासो पोखेका हुन् । बुथ बोकेर लैजाने गाडीमा कम्तीमा पनि एकजना व्यक्ति सत्ता गठबन्धन बाहिरबाट हुनुपर्ने उनको माग छ ।

‘बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो र ? कम्तिमा एक जना सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट त गाडिमा बस्न पाउनु पर्यो। हामी उही गन्नि बेलामा मात्र बस्नि हो ? गाडीमा ठाउ छैन कहाँ मिलाउ भन्न पाइन्छ र ?,’ उनले लेखेका छन्, ‘कुनै पनि गाडी हामी कुनै एक जना उम्मेदवारको एजेन्ट नभइकन प्रशासनको रहोभरमा मात्र सिधै यो रातको समयमा आयो भने कसरी विश्वास गर्ने तलमाथि हुँदैन भन्ने । सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखि गाडी लगे भने के गर्ने ? दफा ८० राम्ररि पढ्नु पर्यो ।’

उक्त गाडीमा आफू जान नपाएपछि विश्वस्त हुन नसकेका उनले डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाईभ जे हुन्छ त्यहि राखेर बस्न आग्रह गरेका छन् । त्यस्तै, बुथ बोकेको गाडीको स्कर्टिङ पनि डडेलधुराबासीलाई नै गर्न र जंगल भएमा झनै ख्याल गर्न भनेका छन् ।

https://fb.watch/gVTcSPhnSp/