गुल्मी–१ मा पुन : मतदान हुने

काठमाडौं । गुल्मी–१ को एक केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अदलबदल भएपछि मतदान स्थगित भएको छ ।
कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन स्थगित भएको हो । करिब ५५ वटा मतपत्र अदलबदल भएपछि उक्त मतदान केन्द्रमा पुनः मतदान अधिकृतसहितको टोली पठाएर मतदान गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
उनका अनुसार मतदान कहिले गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन । त्यस केन्द्रमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । गुल्मी–१ एमालेका प्रदीपकुमार ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छनु ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया