गुल्मी–१ मा पुन : मतदान हुने
काठमाडौं । गुल्मी–१ को एक केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अदलबदल भएपछि मतदान स्थगित भएको छ ।
कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन स्थगित भएको हो । करिब ५५ वटा मतपत्र अदलबदल भएपछि उक्त मतदान केन्द्रमा पुनः मतदान अधिकृतसहितको टोली पठाएर मतदान गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
उनका अनुसार मतदान कहिले गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन । त्यस केन्द्रमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । गुल्मी–१ एमालेका प्रदीपकुमार ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छनु ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया