पर्वतमा मतगणनाको तयारी हुँदै
पर्वत । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको सात पालिकामा ५५ प्रतिशत मत खसेको हो । यसअनुसार बिहादी गाउँपालिकामा १० हजार नौ सय ९० मतमध्ये पाँच हजार सात सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार चार सय ३२ मध्ये नौ हजार दुई सय २०, फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६४ मध्ये १२ हजार एक सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार आठ सय २० मध्ये १८ हजार एक सय ३, महाशिला गाउँपालिकामा आठ हजार तीन सय ८७ मध्ये चार हजार एक, मोदी गाउँपालिकामा १९ हजार आठ सय ३६ मध्ये १० हजार पाँच सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार छ सय २० मध्ये छ हजार चार सय १९ मत खसेको हो ।
जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २२ हजार छ सय १९ मध्ये ६६ हजार दुई सय ७३ मत खसेको छ । सोे कार्यालयका प्रवक्ता राजु ढुङ्गानाका अनुसार जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइसकेका छन् ।
बिहान सर्वदलीय बैठक आह्वान गरिएको र बैठक सकिएलगत्तै मतगणना पनि सुरु गर्ने तयारी गरिएको ढुङ्गानाले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया