ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा एमालेको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिएको छ ।
ललितपुर–१ मा नवराज सिलवाल ६६७ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उदयशमशेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन अग्रता कायमै राखेका छन् । उनले २९८७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी लौरो चिन्हका उम्मेदवार सुदिन शाक्यले २ हजार ४८७ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले १ हजार ५०० मत पाएका छन् । क्षेत्र नम्बर ३ मा मदन खड्काले ५१३ मतसहित अग्रता लिएका छन् ।
खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छिन् । यहाँ गठबन्धनका उम्मेदवार तथा उर्जामन्त्री पम्फा भुसाल २९६ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया