सल्यानमा प्रकाश ज्वालाको फराकिलो मतान्तर, एमाले कमजोर मतसहित तेस्रोमा
काठमाडौं । कर्णाली प्रदेशको सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
मंगलबार बिहान ८ बजेसम्मको मतपरिणाम अनुसार ज्वाला ८ हजार ९०७ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ४ हजार १३६ मत पाएका छन् । एमालेका राजेन्द्रवीर राय २ हजार ४१८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ज्वालाको मतान्तर ४ हजार ७७० रहेको छ । ज्वाला २०७४ को निर्वाचन प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । संघमा माओवादीका टेकबहादुर बस्नेत विजयी भएका थिए । कर्णाली प्रदेशको माओवादी नेतृत्वको सरकार जोगाउन ज्वालासहित ४ जना प्रदेशसभा सदस्यले एमालेसँग विद्रोह गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए ।
यही विद्रोहका कारण उनको पद गुमेको थियो । उपमहासचिवसमेत रहेका ज्याला माधव नेपालका विश्वासिला नेता हुन् । एमाले विभाजन हुँदा उनले एकीकृत समाजवादी रोजेका थिए । गठबन्धनको भागबण्डामा सो क्षेत्र माओवादीले ज्वालालाई छाडेको थियो ।
सल्यानमा एमाले बलिाये स्थितिमा रहेको भएपनि नवप्रवेशीलाई प्राथमिकतामा राख्दा योपटक कमजोर मतसहित तेस्रो स्थानमा रहेको छ । यहाँ एमालेका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार निकै बलियो देखिएको छ । राप्रपाको उपाध्यक्षसमेत रहेका राय केहीसमय अघिमात्र राप्रपाबाट एमाले प्रवेश गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया