बैतडीमा एमालेको अग्रता कायमै
बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गरेका छन् ।
उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवर (विजयसुन्दर) ले तीन हजार २९ मतका साथ पछ्याउँदै छन् । । यस्तै प्रदेशसभा ९१० मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राप्त गरेका छन् ।
उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया