NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सागर भन्छन्, ‘डडेल्धुरमामा फ्रिको खाना, गाडी र हेलिकोप्टरबाट वृद्धवृद्धालाई जोगाउन गाह्रो भयो’

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी सागर ढकालले त्यहाँका युवाहरूलाई गाली नगर्न विन्ती गरेका छन् ।

यतिबेला सबैजसो शिर्ष नेताहरूले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । तर यस्तो हुनुमा युवाहरू नभएर वृद्धवद्धा बढी जिम्मेवार भएको ढकालको आरोप छ ।

गाउँमा आमा बुबालाई फ्रिको खाना, गाडी र हेलिकोप्टरबाट जोगाउन गाह्रो भएको भन्दै उनले समाजिक सञजाल फेसबुकमा  गुनासो पोखेका छन् । बरू आफूलाई डडेल्धुराका ९५ प्रतिशत युवाहरूले साथ दिएको उनले बताएका छन् ।

युवाको यो साथलाई सकारात्मक परिवर्तनका रूपमा लिँदै ढकालले आगामी दिनमा पुराना पुस्तालाई प्रकृतिले नै बिदा गर्नेमा ढुक्क हुन उनको आह्वान छ । युवाको उदयलाई उर्जाको रूपमा लिँदै उनले लेखेका छन्, ‘यी हजुरबुबाहरू अस्ताउँदो सूर्य हुन् भने हामी उदाउँदो सूर्य। अब ढुक्क हाम्रो पालो हो र पालो आइसकेको छ । चिन्ता नै नलिनुस् ।’

डडेल्धुराको पछिल्लो मतपरिणाम अनुसार हालसम्म १९५८३ मतगणना भएको छ । जसमा कांग्रेसबाट देउवाले आठ हजार ४५८ मत प्राप्त गरेका छन् भने ढकालले पाँच हजार १९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेस(बीपी) का कर्ण मल्लले २५८३ म प्राप्त गरेका छन् ।