सागर भन्छन्, ‘डडेल्धुरमामा फ्रिको खाना, गाडी र हेलिकोप्टरबाट वृद्धवृद्धालाई जोगाउन गाह्रो भयो’
काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी सागर ढकालले त्यहाँका युवाहरूलाई गाली नगर्न विन्ती गरेका छन् ।
यतिबेला सबैजसो शिर्ष नेताहरूले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । तर यस्तो हुनुमा युवाहरू नभएर वृद्धवद्धा बढी जिम्मेवार भएको ढकालको आरोप छ ।
गाउँमा आमा बुबालाई फ्रिको खाना, गाडी र हेलिकोप्टरबाट जोगाउन गाह्रो भएको भन्दै उनले समाजिक सञजाल फेसबुकमा गुनासो पोखेका छन् । बरू आफूलाई डडेल्धुराका ९५ प्रतिशत युवाहरूले साथ दिएको उनले बताएका छन् ।
युवाको यो साथलाई सकारात्मक परिवर्तनका रूपमा लिँदै ढकालले आगामी दिनमा पुराना पुस्तालाई प्रकृतिले नै बिदा गर्नेमा ढुक्क हुन उनको आह्वान छ । युवाको उदयलाई उर्जाको रूपमा लिँदै उनले लेखेका छन्, ‘यी हजुरबुबाहरू अस्ताउँदो सूर्य हुन् भने हामी उदाउँदो सूर्य। अब ढुक्क हाम्रो पालो हो र पालो आइसकेको छ । चिन्ता नै नलिनुस् ।’
डडेल्धुराको पछिल्लो मतपरिणाम अनुसार हालसम्म १९५८३ मतगणना भएको छ । जसमा कांग्रेसबाट देउवाले आठ हजार ४५८ मत प्राप्त गरेका छन् भने ढकालले पाँच हजार १९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेस(बीपी) का कर्ण मल्लले २५८३ म प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया