रुस र क्युबा सम्बन्ध विस्तारमा जोड
एजेन्सी । रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको छ ।
रुस भ्रमणमा रहेका क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव मिगुल दियाज–क्यानेल बर्मुदिजले मङ्गलबार रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।
उनीहरु बीचमा भएको वार्तामा दुई देशले आपसको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।
सोभियत युनियन र रुसी नागरिक सधैँ क्युबाको पक्षमा रहेका छन् र क्युबाली नागरिकले उनीहरुको स्वतन्त्रता र देशका सार्वभौमिकताका पक्षमा गरेका संघर्षका पक्षमा छन्– पुटिनले सो भेटका क्रममा बताएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
मङ्गलबार मस्कोमा भएको भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा पनि यो सम्बन्धलाई थप सुमधुर बनाउने भन्दै विभिन्न अन्तर्राष्ट्रिय फोरममा रुसले क्युबाको पक्षमा समर्थन गर्ने जनाएको पनि सो समाचारमा जनाइएको छ ।
रुसको औपचारिक भ्रमणमा गएका प्रथम सचिव बर्मुदिजले हाल रुसले विश्व राजनीतिमा प्रदर्शन गरेको भूमिकाको समर्थन गर्दै क्युबाको सहयोगका लागि रुसले खेलेको भूमिकाको पनि प्रशंसा गरेका थिए ।
उनीहरु सो भेटवार्ताअघि मस्कोमा आयोजित क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शालिक अनावरण समारोहमा उपस्थित भएका थिए । त्यस अवसरमा पूर्व राष्ट्रपति क्यास्ट्रोप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया