कालीकोट प्रदेशसभा ‘१’ मा माओवादीका रावत विजयी
कालीकोट । कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।
रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।
प्रदेशसभा ‘१’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेको लम्सालको भनाइ छ । नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया