दैलेख–१ (१) मा कांग्रेसका बिसी विजयी

काठमाडौं । दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन् । उनले नेकपा (एमाले) का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराएका हुन् ।
जम्मा खसेको २३ हजार तीन सय ४३ गणना गर्दा बिसीले १० हजार पाँच सय ४४ मत पाए भने एमालेका थापाले नौ हजार चार सय ६८ मत प्राप्त गरेका छन् । निर्वाचित बिसी पूर्व कांग्रेस सभापतिसमेत हुन् ।
यस्तै राप्रपाका रणबहादुर सिंहले एक हजार सात सय चार, नेमकिपाका लक्ष्मीकुमारी सिंहले दुई सय एक, स्वतन्त्र पार्टीका टेकबहादुर खाणले चार सय १७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया