कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका थिए ।
प्रदेशसभा (१) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे । देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो ।
प्रदेशसभा (२) मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भए। बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरेका छन् ।
यसअघि यो क्षेत्रमा नेकपा (एमाले) का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित भएका हुन् । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया